पर्वतारोही सानु शेर्पाद्धारा केटु हिमालको तेस्रो पटक सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही सानु शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको तेस्रो पटक आरोहण गरेका छन् । उनी विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति हुन् । 

गत जुलाई २७ मा दिउँसो पाकिस्तानी समयअनुसार १२ः१५ मा आफूले केटु चढेको शेर्पाले बताए । केटु आरोहण गरी काठमाडौं फकिएका उनले विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमालहरुमध्ये ६ वटाको तेस्रो पटक आरोहण गरिसकेका छन् । 

Advertisement

चौध वटै हिमाल तेहेर्याएर आरोहण गर्ने योजनामा रहेका शेर्पाले भने, ‘अब यही अगस्टको अन्तिम वा सेप्टेम्बरको पहिलो हप्तातिर चीनतर्फबाट चो ओयु र शिशपाङ्मा हिमाल आरोहण गर्ने सोच छ । मेरो कलाइन्ट पनि छ । तर म आरोहण गर्न जाने वा नजाने निश्चित भएको छैन् ।’ 

Advertisement

Advertisement