नायिका दिया पुनले चढिन किलिमन्जारो हिमाल

Advertisement

काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् । 

शनिबार अफ्रिकाको समय अनुसार बिहान  ७ः३० बजे सफल आरोहण गरेको उनले कर्पोरेट नेपाललाई बताइन् । पाँच हजार ८९५ मिटर उचाइको किलिमन्जारो चढेसँगै सात महादेशका अग्ला हिमाल मध्ये तीन वटा हिमालहरु आरोहण गर्न सफल भएकी छन् । 

Advertisement

सातै महादेशका अग्ला शिखरहरु चुम्ने लक्ष्य राखेकी उनले यसअघि सगरमाथा र अन्टार्टिकाको आकानकागुवाको आरोहण गरिसकेकी छन् । अब पुनले सातै महादेशका अग्ला शिखरहरु मध्ये चार वटा आरोहण बाँकी रहेको छ । बाँकी रहेका हिमालहरु रुसमा रहेको माउन्ट एल्ब्रस, अस्ट्रेलियामा रहेको कार्स्टेन्स पिरामिड, अमेरिकामा रहेको डेनाली, अन्टार्कटिकामा रहेको माउन्ट भिन्सन हुन्  ।

Advertisement

Advertisement