टंक बुढाथोकीले ल्याए सात भाषाका नयाँ गीत ‘धन्यवाद’

Advertisement

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले पछिल्लो गीत ‘धन्यवाद’ सात भाषामा सार्वजनिक गरेका छन् । 

उनले धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, तामाङ, नेवारी, राजवंशी, थारु,  खस र भोजपुरी गरेर सात भाषामा सार्वजनिक गरेका हुन् ।  

Advertisement

शनिबार  राजधानीमा आयोजित  एक कार्यक्रममा उनले सात वटा भाषाको गीतको भिडियो  एकै पटक सार्वजनिका  थिए । उक्त गीतका सातवटै भिडियो ‘टंक बुढाथोकी’ युट्युब च्यानलमा एउटै समयमा  सार्वजनिक भएको हो । 

बुढाथोकीले पछिल्लो पटक  सार्वजनिक गरेको गीत धन्यवादका लागि एक वर्षदेखि  नै मेहनत गर्दै आए पनि  गीतको  रेकर्डिङ भने ६ महिनादेखि  हुँदै आएको बताए । बुढाथोकीले  सात वटा भाषाको भिडियोका लागि  १५  लाख रुपियाँ  लगानी  गरेको बताए ।  

बुढाथोकीले आधुनिक तथा नेपाली चलचित्रका दर्जनौं गीतहरुमा स्वर दिदैका छन् । उनी  भन्छन्, ‘ यसपटक दर्शकलाई केही नयाँ दिन खोजेको  छु, यसको प्रतिफल पनि  राम्रै  हुनेमा आशावादी छु  । सात वटा  भाषाको गीत एकै पटक रेकर्डिङ गर्दा धेरै समय लाग्नुको साथै ठूलो  चुनौती  सामना पनि गर्नु पर्यो ।’ 

सात वटा भाषाका गीत मध्ये नेपाली भाषा र थारु भाषाको छुट्टै लिप्सिङ र भिडियो बनाएका छन् । 

गीतमा शब्द र संगीत दुवै टंककै छ भने, उनलाई गायनमा अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य  पनि हो । गीतको भिडियोमा राहुल शाह र समिश्रिका परियारको नृत्य तथा अभिनय  छ  ।

गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

Advertisement

Advertisement