तस्करीको सुन पाँच प्रतिशत बढी मूल्यमा राष्ट्र बैंकले किन्ने, गाल्दा ७३ ग्राम घट्यो

Advertisement

काठमाडौं । तस्करीको सुन नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत बढी मूल्यमा किन्ने भएको छ । गत साउन २ गते नियन्त्रणमा लिइएको अवैध सुन गाल्ने काम सम्पन्न भएपछि राष्ट्र बैंकले सो सुन किन्ने बताएको हो । 

राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनको क्यारेटअनुसार बजार मूल्य तोकेर त्यसमा पाँच प्रतिशत थप गरी राजश्व अनुसन्धान विभागलाई बुझाउने बताए । विभागले सुराकी खर्च छुट्याएर बाँकी रकम सरकारी खातामा जम्मा गर्नेछ ।

Advertisement

हङकङबाट दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्याइएको सुन त्रिभुवन विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास गरेर बाहिर आएपछि गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । 

उक्त सुन सोमबार ब्रेक सुबाट छुट्टाएर जोख्दा ६० किलो ७८९ ग्राम आएकोमा आज गाल्दा ७३ ग्राम घटी ६० किलो ७१६ ग्राम कायम भएको छ । यो सुन ३६ वटा बिस्कुट बनाईएको छ ।  

Advertisement

Advertisement