वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा लगानी १-१ अर्ब बढ्यो, सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब बढ्दा कर्जा लगानी पनि १ अर्बनै बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन २८ गते आइतबार निक्षेप ४९ खर्ब ३३ अर्ब पुगेको छ । अघिल्लो दिन ४९ खर्ब ३२ अर्ब थियो । 

Advertisement

त्यस्तै गत आइतबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४२ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो दिन ४२ खर्ब ९३ अर्ब थियो । 

त्यस्तै गत आइतबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ खर्ब १ अर्ब निक्षेप हुँदा अघिल्लो दिन पनि ५६ खर्ब १ अर्बनै थियो । त्यस्तै आइतबार कूल कर्जा लगानी ४८ खर्ब ५१ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५२ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर बढेर ६.२६ प्रतिशत पुगेको छ । अघिल्लो दिन ६.१० प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८३.५६ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत शनिबार ८३.५८ प्रतिशत थियो ।

Advertisement

Advertisement