देशभर ३० अपार्टमेन्ट खरिद बिक्री, काठमाडौं उपत्यकामै २८ वटा
फाइल तस्बिर

Advertisement

काठमाडौं । साउन महिनामा उपत्यकामा २८ वटा अपार्टमेन्ट खरिद बिक्री भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार देशभर ३० वटा अपार्टमेन्ट खरिद बिक्री भएको हो ।

मालपोत कार्यालय कलंकीबाट सबैभन्दा धेरै १४ वटा अपार्टमेन्ट खरिद बिक्री भएको छ । यस्तै ललितपुर मालपोत कार्यालयबाट ९ वटा अपार्टमेन्टको कारोबार हुदाँ डिल्ली बजारबाट ३ र चावहिलबाट २ अपार्टमेन्टको कारोबार भएको छ । यसैगरी उपत्यकाबाहिर झापा र बारामा समान १–१ वटा अपार्टमेन्ट खरिद बिक्री भएका छन् ।

Advertisement

विभागका अनुसार साउन महिनामा ३९ हजार ३ सय ६३ वटा  पटक घर जग्गाको कारोबार (लिखत पारित) भएको छ । जसबाट २ अर्ब ९१ करोड राजस्व राज्यले प्राप्त गरेको छ । २०७९ साउन महिनाको तुलनामा कारोबार संख्या बढेको देखिएको छ । २०७९ साउनमा ३३ हजार ८ सय ३४ वटा लिखत पारित भएको थियो।  

यस्तै साउन महिनामा ३१ सय ५९ वटा नामसारी भएको छ । २८ हजार १ सय ३० वटा घर जग्गा रोक्का रहेका छन् । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा धेरै धितोका लागी घरजग्गा नै रोज्ने गरेका छन् । पछिल्लो समय बढ्दो आर्थिक मन्दीका कारण धितो लिलामी तथा घर जग्गा रोक्का बढ्न थालेको छ।

सरकारले घरजग्गाको कारोबार सुस्त देखिन थालेपछि मन्त्रिपरिषदबाट जग्गा सम्बन्धि नियमावली संशोधन गरी कित्ताकाट खुलाएको छ ।   

Advertisement

Advertisement