इन्फोडेभलपर्स र सहकारी संघबीच रणनीतिक साझेदारी

Advertisement

काठमाडौं । सहकारीहरुलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रेबीच रणनीतिक साझेदारी भएको छ ।

सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्राकुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला सहकारी संघका तर्फबाट कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

Advertisement

उक्त अवसरमा सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा संघका कोषाध्यक्ष राजन शाक्यले आफूलाई खुशी लागेको बताए ।

यसैगरी राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुब्बाले यो साझेदारले राष्ट्रिय सहकारी महासंघका सहकारीलाई डिजिटाईजेसन एवं कोप भिजन २०३० लाई समेत सेवा पुर्याउने बताईन । त्यस्तै कम्पनीका कार्यकारी  निर्देशक प्रविन सुवेदीले सहकारी क्षेत्रको स्वामित्त्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरे । साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक सुरेश थापा, काभ्रे जिल्ला सहकारी संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका सूचना अधिकृत रामसुदन तिमिल्सिना, इन्फोडेभलपर्सका सेल्स प्रमुख अनिशकुमार झा एवं इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीको समेत उपस्थिती थियो।

Advertisement