नेटफ्ल्क्सिको नेपालमा अवैध कारोबार, ई–सेवा, खल्तीलगायतका भुक्तानी सेवाको साथ

Advertisement

काठमाडौं। चर्चित फिल्मी एप तथा वेभ सर्भिस नेटफ्ल्क्सिको नेपालमा लामो समयदेखि अवैध कारोबार हुँदै आएको पाइएको छ । अनुमति नलिइकन उसले नेपालमा आफ्नो व्यापार विस्तार गरे पनि सम्वन्धित सरकारी नियामक भने यसलाई रोक्ने कुरामा मुकदर्शक बनेको छ । 

केही विदेशी प्रविधि कम्पनीहरु पछिल्लो समयमा नेपालमा दर्ता भएर राजश्व बुझाउन थाले पनि नेटफ्ल्क्सि अहिलेसम्म कानुनीरुपमा राजश्व वा अन्य निकायमा दर्ता छैन् । तर यो एपको कारोबार भने खुलेआमरुपमा भइरहेको छ । नेटफ्ल्क्सिको अवैध कारोबारीले सामाजिक सञ्जालबाट विभिन्न प्रकारका विज्ञापन गरी सेवा बिक्री गर्दै आएका छन् । 

Advertisement

प्रहरी प्रशासनले चाहेमा अनुसन्धान गरी उनीहरुलाई सजिलै पक्राउ गर्न सक्छ । सामाजिक सञ्जालमा ‘स्पोन्सर’ गरी विज्ञापन गर्ने र सोबाट ग्राहकलाई आकर्षित गरी म्यासेज तथा फोन कलमार्फत सेवा बिक्री गर्ने गरेको देखिन्छ । यसको लाति उसले ई–सेवा, खल्तीको आईडी तथा, बैंक खाता नम्बर दिएर शुल्क लिने र सेवा बिक्री गर्ने गरेको छ । 

उदाहरणको लागि सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा नेटफ्ल्क्सि खोजी म्यासेज गरेमा अनलाइन सेवामा बसेकाले रिप्लाई गर्छन् । ई–सेवाको आईडी नम्बर ९७४५७२६५२२ (रेनुका फुयाल)लाई भुक्तानी गर्न निर्देशन दिइन्छ । यस्तै, सिदार्थ बैंकको खाता नम्बर ५५५०००१३५४० (मनिका फूयाँलको)मा रकम जम्मा गर्न निर्देशन दिइन्छ । खातामा रकम जम्मा गरेलगत्तै नेटफ्ल्क्सिको आफ्नो आईडी सक्रिय भई फिल्महरु हेर्न सकिन्छ । जबकी यो एपले औपचारिकरुपमा नेपालमा सेवा दिनलाई अहिलेसम्म नेपालको आधिकारिक निकायसँग अनुमति समेत लिएको देखिन्न ।  

यसरी अवैध सेवाको खरिद बिक्री गरिनु गैरकानुनी र दण्डनीय भए पनि अवैधरुपमा यस कार्यमा संलग्न व्यक्तिदेखि सेवा दिने भुक्तानी सेवा प्रदायकहरुले लामो समयदेखि काम गरिरहेका छन् । तर यसको नियन्त्रणको लागि सरकारले कुनै पहल गरेको अहिलेसम्म देखिन्न । 

सरकारले नेपालमा दर्ता नभएका विदेशी प्रविधि कम्पनीलाई करको दायरामा ल्याउन कानुन तर्जुमा गरिसकेको छ । सोहीअनुसार गुगल, माइक्रोसफ्ट, फेसबुक जस्ता ठूला कम्पनीहरु कर कार्यालयमा दर्ता भई कर तिर्न सुरु गरिसकेका छन् । तर नेटफ्ल्क्सिले भने अझै पनि अवैध कारोबार सञ्चालन गर्दै आएको छ ।

नेटफ्ल्क्सि अमेरिकी कम्पनी हो जसको प्रधान कार्यालय लस गातोस, क्यालिफोर्नियामा रहेको छ । यसको स्थापना सन् १९९७ मा मार्क रान्डोल्फले गरेका हुन् । नेटफ्ल्क्सिले चलचित्र र टेलिभिजन शृखलाहरूको पुस्तकालयबाट अनलाइन प्रवाह सेवा प्रदान गर्दछ भने यसका सेवाहरूमा घरभित्र छायाङ्कन गरिएका उत्पादनहरू पनि समावेश छन् ।

पछिल्लो समय फिल्म र सिरियल पारखीहरुका लागि नेटफ्ल्क्सि लोकप्रिय साधन बन्दै गएको छ । यसको सक्रिय प्रयोगकर्ता विश्वमा २० करोड हाराहारीमा पुगिसकेको छ । यो एउटा मोबाइल तथा वेभमा उपलब्ध हुने सेवा हो । यसको प्रयोग गर्नका लागि युजर बनेर मासिक वा वार्षिक रुपमा कम्पनीले तोकेको शुल्क बुझाउनुपर्ने हुन्छ । 

 

Advertisement