चरा ठोक्किएर हिमालय एयरलाइन्सको जहाज ढाकामा ग्राउण्डेड

Advertisement

काठमाडौं । नेपालको निजी क्षेत्र हिमालय एयरलाइन्सको जहाज चरा ठोक्किएका कारण बंगलादेशको ढाकामा ग्राउण्डेड भएको छ । हिमालय एयरलाइन्सको एच९ ६७९ जहाज मंगलबार काठमाडौं आउनुपर्नेमा ढाकामै ग्राउण्डेड भएको हो । 

जहाज ग्राउण्डेड हुँदा नेपाल आउन लागेका ७६ जना यात्रु रोक्किएका छन् । उनीहरुलाई होटलमा लगेर राखिएको छ । जहाज चेकजाँचपछि अर्को दिन (आज) काठमाडौं लैजाने भनेर साधारण होटलमा लगेर राखिएको एक यात्रुले बताए । 

Advertisement

Advertisement

Advertisement