सीआईबी भन्छ– सुन तस्करीको सूचना भए हामीलाई दिनुस्, स्रोत गोप्य राख्छौं

Advertisement

काठमाडौं । सुन तस्करीको सूचना भए आफूलाई दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आग्रह गरेको छ । पछिल्लो ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धान गरिरहेको सीआईबीले सोबारे जानकारी भए टिपाउन आग्रह गरेको हो । 

विभिन्न गिरोहले अबैध रुपमा भन्सार छली ल्याएको अवैध सुनका सम्बन्धमा केही दिनयता सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सीआईबीले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद गरिएको तस्करीको सुनको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको बताएको छ । 

Advertisement

यसभन्दा अगाडी विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत आफूले अनुसन्धान गरिरहेको सीआईबीको भनाई छ । सो सम्बन्धमा कसैसँग केही सुचना, तथ्य वा प्रमाण भएमा व्यूरोको इमेल ठेगाना र पठाउन र फोन सम्पर्क गर्न आग्रह गर्दै त्यस्तो सुचना गोप्य राखिने बताएको छ । 

इमेलः [email protected]
सुचना अधिकारीको नम्बरः ९८५१२९१३११​

Advertisement