मिस युनिभर्स नेपालका अन्तिम २२ प्रतिस्पर्धीहरूबीच प्रश्नोतर, फाइनल भदौ २३ मा

Advertisement

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीहरूबीच बुधबार साँभ प्रश्नोतर भएको छ । जज (निर्णायक)हरुका अगाडि उनीहरुबीच प्रश्नोतर गरिएको हो । 

प्रारम्भिक प्रश्नोत्तर सत्रको निर्णायकहरुमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक रविराज कर्णिकर, नेपाल टेलिकमकी प्रमुख वाणिज्य अधिकृत संगीता पहाडी, मेराकी नेपालकी संस्थापक निर्देशक आयुषा कार्की श्रेष्ठ, नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापा थिए भने मिस युनिभर्स नेपाल २०२३ का आधिकारिक कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार थिए ।

Advertisement

उनीहरूले प्रतिस्पर्धीहरूलाई मिस युनिभर्सको फोरमलाई कसरी लिनुभएको छ ? समाज परिवर्तन सँगसँगै सामाजिक, राजनीतिक, आर्थिक विषयमा प्रश्नोतर गरेका थिए । प्रश्नोतर सत्रबाट प्राप्त अंक र भोटिङमार्फत प्राप्त भोटका आधारमा प्रतिस्पर्धीहरूले पाएको अंकका आधारमा अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १० जना प्रतिस्पर्धीलाई सहभागी गराइने छ । उनीहरुबाट एक जना उत्कृष्टलाई मिस युनिभर्स नेपाल २०२३ को विजेता घोषणा गरिने उमंग क्रियसनका निर्देशक उद्धव अधिकारीले बताए ।

मिस युनिभर्सको अन्तिम २२ प्रतिस्पर्धीहरुमा प्राप्ती खड्का, सबिना चौधरी, चनेल श्रेष्ठ, प्रेमा लामगडे, डा. पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बानियाँ, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ छन् । प्रतियोगिताको फाइनल भदौ २३ गते आयोजना हुँदैछ । विजेताले नोभेम्बरमा एलसाल्वाडोरमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।

Advertisement