पर्यटन पत्रकारिता गर्दागर्दै पर्वतारोहणको पहिलो पाइला

Advertisement

काठमाडौं । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरुमध्ये आठ वटा नेपालमा छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि नेपालमा नै छ । नेपालको पर्यटन क्षेत्रमा हिमालको महत्वपूर्ण योगदान छ । यिनै हिमालहरु हेर्न, आरोहण गर्न, पदयात्रा गर्न बर्षेनी हजारौं स्वदेशी विदेशी पर्यटक हिमाली क्षेत्रमा पुग्छन् । 

यिनै हिमालहरुको समस्या र संभावनाका बारेमा लेख्दालेख्दै मलाई पनि हिमालले बोलाए जस्तो अनुभूति भयो । हिमालले मलाई चुनौति दिइरहेको थियो ‘तिमी किन हिमाल चढ्दिनौं फुर्पा ?’ यही काल्पनिक प्रश्नले मलाई दिनप्रतिदिन सताइरहेको हुन्थ्यो ।

Advertisement

गएको वसन्त ऋतुमा लोबुचे पिक आरोहणका लागि म सगरमाथा आधार शिविरसम्म पुगेँ । तर मौसमले साथ नदिएकाले फर्किएर आउनुपर्यो । फेरि अर्को प्रयासको खोजीमा लागें । र, त्यो प्रतिक्षाको पहिलो अनुभव र प्रयास आज पूरा भएको छ । मैले हिमाल आरोहणको शुभारम्भ आफ्नै देशको हिमालबाट गर्न सन्दर्भ नमिले पनि रुसस्थित युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रसमा आरोहण गर्ने संयोग मिल्यो, जसको लागि पहिला मैले चतुर तामाङ दाईप्रति आभार प्रकट गर्नैपर्छ । 

हिमाल चढ्न सजिलो कुरा होइन, चाहे त्यो जुनसुकै ठाउँको किन नहोस् । हिमाल आरोहीहरुले आरोहणका क्रममा व्यक्त गरेका जोखिम र पीडाहरु म आफै अनुभव गर्न र देख्न चाहान्थें । त्यो आज एल्ब्रसबाट सुरुवात भएको छ । यो अवसर मलाई चार बर्षे पत्रकारिताले पुर्याइदिएको हो । विशेषगरी पर्यटन पत्रकारिताले । अझ खासगरी पर्वतारोहण पत्रकारिताले । अझ भन्दा कर्पोरेट नेपालले हो । 

हिमाल चढ्ने तयारी गरिसकेपछि गाइड राम्रो चाहियो । त्यसमाथि सुरु–सुरुमा चढ्नेलाई त अझ अनुभवी गाइडको आवश्यकता पर्छ । चढ्ने मानिस पनि ‘फिट’ हुनुपर्यो । आर्थिक स्रोत पनि व्यवस्थापन गर्नुपर्यो । यो जोखिम र साहसिक कार्य मात्रै नभएर खर्चिलो काम पनि हो । 

चार बर्षअघि पत्रकारिता सुरु गर्दैगर्दा मेरो पहिलो समाचार गोरखापत्र दैनिकको अनलाइन संस्करणमा प्रकाशित भएको थियो । उक्त क्षण मेरो लागि निकै खुशीको अवसर थियो । पत्रकारितामार्फत आफ्नो पहिचान बनाउनुपर्छ भनेर सक्रियरुपमा लाग्दै गर्दा धेरै अवरोध र चुनौति पनि सामना गर्दै आएको छु । पलायन हुन पारिवारिक दबाब भए पनि नेपालमै रहेर पेट पाल्ने प्रयासमा छु । पर्यटन क्षेत्रमा समाचार लेख्न थालेको भने मैले करिब तीन वर्ष भयो । जब बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सगरमाथाको आरोहण गर्न २०७७ को चैत २ गते काठमाडौं आए,  उनकै समाचार लेखेपछि मलाई पर्वतारोहण क्षेत्रसँग नजिक बनायो । हिमालको समाचार लेख्दालेख्दै मलाई समयले हिमाल आरोही पनि बनायो । 

मैले कुनै दिन हिमाल चढ्छु होला भन्ने सोचेको समेत थिइन् । कर्म र समयले यो अवसर जुराइदियो । हिमाल आरोही र पदयात्रीहरुसँग कुरा गर्दा सोध्ने अनुभव आफैले महशुस गर्न पाएँ । मौसम र पूर्वतयारी त्यति राम्रो नभएर लोबुचे आरोहणको प्रयास सफल नभए पनि माउन्ट एल्ब्रसको आरोहण भने सफल भयो । लोबुचे आरोहणका लागि जाँदा सगरमाथा आधार शिविर नपुग्दै ठाउँ ठाउँमा हाइ लागेर थोरै गाह्रो महशुस भएको थियो । तर एल्ब्रस चढ्दा भने फरक खालको अनुभव भयो । त्यो सगरमाथा आधार शिविरसम्म टेक्ने मौका विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले जुराइदिनुभएको थियो । 

लोबुचे आरोहणको पहिलो प्रयास असफल भएपछि मलाई कता कता खिन्नता भइरहेको थियो । पहिला कुन हिमाल चढ्न अवसर जुट्ला ? भनेर म खोजीमा थिएँ । कम्तिमा पनि एक पटक हिमाल चढेर नै छोड्छु भन्ने अठोट आइसकेको थियो । समय बित्दै थियो । एक दिन पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ दाईले ‘बहिनी रुसमा आउनु, माउन्ट एल्ब्रस चढ्न म गाइड गरौंला । रुस पनि घुम्न हुन्छ’ भन्नुभयो । मलाई खुशी लाग्यो । तर पहिला अमेरिकाको भिसा अस्वीकृत भएकोले रुप जान पनि भिसा नलाग्ने हो कि ? भन्ने मनमा डर थियो । सँगै आर्थिक स्रोत कसरी व्यवस्थापन गर्ने ? भन्ने चिन्ता पनि सुरु भयो । चतुर दाईले गरेको अफर सफल होला भन्ने लागेको थिएन् । म अन्योल र अविश्वासमा थिएँ– ‘प्रयास गरौं या नगरौं ?’ यदि रुसमा गएर माउन्ट एल्ब्रस चढ्न सकेन भने के होला ? भन्ने अर्को चिन्ता पनि थियो । मेरो स्नातकोत्तर तह तेस्रो सेमिस्टरको बोर्ड परीक्षा पनि नजिक आउँदै थियो । धेरै दिन सोचेपछि एल्ब्रस चढ्न जाने निर्णयमा पुगें । परीक्षासँग समय नजुध्नेगरी ‘म आउँछु’ भनेर चतुर दाईलाई जवाफ फर्काएँ । 

प्रवेशाज्ञाको लागि प्रक्रिया सुरु गरेको केही दिनमै रुसी दूतावासले एक महिनाको भिसा दियो । भिसा आइसकेपछि हजुरआमालाई हिमाल चढ्न युरोप जान लागेको सुनाए । हजुरआमा र परिवारका सबै खुःसी हुनुभयो । यसबाट मलाई हौसला पनि मिल्यो । परीक्षा सक्ने बित्तिकै गत अगस्ट १५ मा मेरो उडान थियो । यो मेरो पहिलो अन्तर्राष्ट्रिय उडान पनि थियो । जहाजमार्फत नेपालभित्र धेरै यात्रा गर्ने अवसर कर्पोरेट नेपालमा आएपछि मिले पनि विदेश यात्रा भने हुन सकेको थिएन् । यो पनि पूरा भयो । यो अवसर मैले कहिले पनि नसोचेको कुरा थियो । म यात्रा गर्न र घुम्न इच्छा गर्ने व्यक्ति पनि हो । यस्तो यात्रा गर्ने इच्छा भए पनि साकार हुने सोचेको थिइन् । 

बिहानै छिटो उठेर ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगें । बिहान ८ः५० बजेको उँडेपछि रुस नपुगेसम्म मनमा डर रहिरह्यो । कतै रुसी अध्यागमनले कतै नेपाल फकार्इदिने पो कि ? भन्ने मनमा चिन्ता थियो । त्यही चिन्ताले मैले रुस भ्रमणबारे कमैलाई मात्रै जानकारी गराएको थिएँ । काठमाडौंबाट पाँच घण्टाको उडानपछि दुवइ पुगियो । दुवइमा ११ घण्टा लामो समय ट्रान्जिटमा बिताउनुपर्यो । यद्यपि दुवइको विमानस्थल धेरै ठूलो, भित्र घुम्दा घुम्दै समय सजिलै बित्यो । सोही दिन राति ११ः१५ बजे दुवइबाट उँडेपछि करिव चार घण्टामा रुसस्थित मिनिरल भोढे एयरपोर्ट पुगियो ।

त्यहाँको अध्यागमनले केहीबेर प्रश्नहरु गरे पनि पहिला सोचेजस्तो रोक्ने वा फिर्ता भने पठाएनन् । विमानस्थलबाट बाहिरिएर होटलतर्फ लागें । होटलमा दुई दिनको बसाइपछि ‘ट्रेक’ गएँ माउन्ट एल्ब्रसको आधार शिविरतर्फ । सगरमाथा आधार शिविर पुगेको म, माउन्ट एल्ब्रस आधार शिविर पूरै फरक पाएँ । आधार शिविरसम्म केवलकारमार्फत जान सकिने सुविधा रहेछ । मनमनै नेपालमा पनि यस्तो सुविधा भइदिए हुन्थ्यो भन्ने लाग्यो । एल्ब्रसको बेसक्याम्पसम्म पुग्न जाने पर्यटकहरुको भीड लागेको थियो, जसमा धेरै रुसी थिए । पर्यटकीय सिजन भएकाले धेरै पर्यटकहरुको भीड लागेको रहेछ । कोही पदयात्राका लागि आएका थिए । हिँड्न नसक्ने र नचाहानेहरु केवलकारमार्फत गइरहेका थिए । 

मैले जीवनमा कहिल्यै पनि हिमाल चढ्दा लगाउने बुट (जुत्ता) र क्रयाम्पोन भने लगाएको थिइन । बुट र क्रयाम्पोन लगाएर ट्रेकमा जानुपर्ने भएकाले गाइडले अघिल्लो दिन बुट र क्रयाम्पोन लगाएर हिँडन सिकाए । पहिला पटक लगाएका निकै असहज महशुस भएको थियो । हामी गाइडसँग करिब चार हजार तीन सय मिटर जति ‘ट्रेक’ गरें । गाइडले निकै सहज ढंगले गाइडिङ गरे । त्यहाँको मौसम समय समयमा परिवर्तन भइराख्ने रहेछ । अर्को दिन फेरि त्योभन्दा माथि चार हजार सात सय मिटरको उचाइमासम्म ‘ट्रेक’ गरेर फकिएँ । अर्को दिन चतुर तामाङ दाईले आरोहणसम्बन्धी आधारभूत तालिम दिनुभयो । 

हेर्दा हेर्दै माउन्ट एल्ब्रस चढ्ने दिन पनि आयो । आरोहण सफल होला नहोला ? मनमा डर थियो । गत अगस्ट १९ का दिन बिहानै १२ः३० बजे आरोहणको लागि जाने तय भएपनि मनमा धेरै कुरा खेलिरहेको थियो । राति १ बजे आधार शिविरबाट हिँड्यौं । चुचुरोमा पुग्दा रुसी समयको बिहान ६ः१५ बजेको थियो । गाइडसहित आरोहणमा हामी चार जना नेपाली र एक जना रुसी महिला थिइन । चुचुरोसम्म पुग्न गाह्रै भयो । सोचेको जस्तो निकै कठिन होइन् । चुचुरो नजिक पुग्न लाग्दा मलाई खुट्टामा पीडा सहन गाह्रो भइरहेको थियो । विस्तारै विस्तारै गर्दै एकछिन आराम गर्दै जाने भनेर मेरो गाइड चतुर दाईले धेरै हौसला दिनुभयो । ‘बहिनी तपाइँले सक्नुहुन्छ’ भन्दै उहाँले शिखरसम्म पुर्याउनुभयो । त्यही बेला मलाई महशुस भयो हिमाल आरोहण गर्दा गाइडको भूमिका कति हुँदोरहेछ ? कस्तो हुँदोरहेछ ? भन्ने कुरा । आफूलाई गाह्रो हुँदा पनि आफ्नो क्लाइन्टलाई हौसला दिएर हिमाल आरोहण असफल हुन नदिने । 

चतुर दाईले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को १४३ पटक आरोहण गरिसक्नुभएको छ । हामी सजिलै भन्छौं, ‘गाइड त हिमाल सिपालु हुन्छन्, गाइडले चढाउन सकिहाल्छ नि ।’ गाइडहरुले कसरी आरोहीहरुलाई चुचुरोसम्म पुराउँछन् ? के कस्तो कठिनाइहरु जेल्छन् ? मैले आफैले महशुस गरें । चतुर दाईले गर्दा म युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रसको चुचुरोमा पुग्न सफल भएँ । 

चुचुरोमा पुग्न लाग्दा मेरो आँखाबाट आशु जयो, त्यो आशु खुःसीको कि, दुःखको हो थाहाँ पाइन । सायद त्यो आशु दुःखपछिको खुःसीको आशु हुन सक्छ । चुचुरोमा पुगि सकेपछि एकछिन सम्ममा त मलाई विश्वास नै लागेको थिएन म युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रसको चुचुरोमा पुग्न सफल भए भनेर । हिमाल चढन सोचेको जस्तो सजिलो छैन् रहेछ भन्ने म आफैले महशुस गरे । आफनो हिमाल आरोहण अनुभवले पनि मलाई हिमालमा काम गर्नु हुने, गाइड, कुकु, आरोही, विश्व कीर्तिमानीहरु प्रति अझ सम्मान बढ्ेर आयो । कसरी आफनो ज्यानको बाजि राखेर अरुलाई चुचुरो सम्म पुराउछन् भन्ने मैले महशुस गरे । नेपाल सरकारले हाम्रा आरोही, गाइडहरु, हिमालमा काम गर्नु हुनेहरुको लागि केही सेवा सुविधाहरु उपलब्ध गराउनु पर्छ । मेरो तर्फाबाट सक्दो हिमाल, आरोही, गाइडहरु र हिमालमा काम गर्नु हुने सम्पन्नको बारेमा र पर्वतारोहण सम्बन्धी समाचारहरु अझ लेख्र्दै जाने छु । जुन आफूले समाचार लेख्दा अरुको मुखबाट हिमाल यस्तो छ, उस्तो छ भनेर सुर्दा र आफैले नै स्यम चुचुरोमा पुग्दा झन् हिमाल प्रति मेरो आकार्षण थप बढयो । हिमाल आरोहण गर्नुअघि म जति पर्वतारोहण गाइडहरुलाई आधार गथिए त्यो झन बढेर आयो । हिमाल भनेको जोक होइन कुन बेला के हुन्छ थाहाँ छैन् । 

मेरो हिमाल आरोहण कुनै रेकर्ड राख्ने हिसाबले गरेको हाइन । हिमालको बारे समाचार लेख्र्दै गर्दा जीवनमा एउटा जुन हिमाल भए पनि आरोहण गरौं र यसले मलाई हिमाल बारे समाचार लेख्न अझ सजिलो हुने विश्वास लिएर नै उक्त हिमालको आरोहण गरेको हु । हिमाल आरोहण गरी सिटीमा फकिएपछि रुसको विभिन्न सहरहरु घुम्न मौका मिल्यो दाईले गर्दा । रूसको राजधानी मस्को पनि घुम्ने मौका मिल्यो । १५ दिन विदेशको जीवन पनि अनुभव गर्न पाए । नेपालबाट बाहिर गएसी नेपालको धेरै याद आउँदा रहेछ । मलाई त्यस्तै भयो । 

हिमाल आरोहण गर्दाको पल अझ झल झल आउँछ । सिध उकालो, भ्यालेस गर्दै पाइला सारेको याद छ । मेरो यो हिमाल आरोहण भएर होला नसोचेको कुरा गरे भन्ने भएको छ । अब यसपछि के गर्छु भनेर मैले सोचेको छैनन । हेर्दै जाऊ के हुन्छ, समयले कता लैजान्छ रु हिमाल चढेको पनि पहिलो र अन्तर्राष्ट्रिय यात्रा गरेको पनि पहिलो हो यो मेरो । हिमाल फोटोमा जस्तो देख्छि, रियाल्टीमा त्यो भन्दा अझ सुन्दर रहेछ । हिमाल चढेर आइपछि सोचेको भन्दा धेरै माया साथीभाइ, आफताहरु र अन्या व्यक्तिहरुबाट पाए जुन मैले सोचेको पनि थिएन ।undefinedundefined

Advertisement

Advertisement