नेपाली मुलकी अमेरिकनलाई मिस युनिभर्स नेपाल २०२३ को उपाधि

Advertisement

काठमाडौँ । यस बर्षको मिस युनिभर्स नेपाल २०२३ को उपाधि नेपाली मुलकी अमेरिकनलाई दिइएको छ । शनिबार आयोजित अन्तिम प्रतिस्पर्धामा जेन दीपिका ग्यारेटलाई यो उपाधि प्रदान गरिएको हो । 

गैरनेपालीलाई यस्तो उपाधि दिन मिल्ने कि नमिल्ने ? भन्ने विषयमा प्रतिस्पर्धामा विवाद भए पनि अन्तिमलाई उनलाई उपाधि प्रदान गरिएको हो । अमेरिकाको स्थायी वासिन्दा र नागरिक भए पनि जेन नेपाली मुलको भएको जनाइएको छ । 

Advertisement

उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपालको प्रतियोगिता ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा गरिएको थियो । 

फिनालेमा २१ जना प्रतिस्पर्धी रहेका थिए, जसमा फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, थर्ड रनरअप सितास्मा पोख्रेल र फोर्थ रनरअप अभिलासा लम्साल भए ।  

विजयी प्रतिस्पस्र्धीलाई २०२२ की मिस युनिभर्स नेपाल सोफिया भुजेलले ताज पहिर्याएकी थिइन् । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफि रहेको थियो भने निर्णायक मण्डलका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी थापा, सौरभ ज्योति थिए । 

प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । मिस युनिभर्स नेपाल घोषित जेनले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

Advertisement

Advertisement