झोलामा २६ लाख बोकेर हिंडेका राजश्वका कर्मचारी पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले झोलामा २६ लाख रुपियाँ शंकास्पद रकम बोकेर हिंडेका एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । उनलाई सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ  गरिएको हो । 

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत शाखा अधिकृत खगेन्द्र सापकोटाको झोला विमानस्थलमा सुरक्षा जाँच गर्दा ठूलो परिमाणमा नगद फेला परेको हो । 

Advertisement

बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार झोलामा ठूलो मात्रामा शंकास्पद पैसा फेला परेकाले उनलाई नियन्त्रणमा लिइएको हो । सापकोटा बिहान ८ः४५ बजे श्री एयरको जहाजबाट काठमाडौं आउँदै थिए । सापकोटासँगै आएका अर्का व्यक्ति भने फरार भएको प्रहरीको भनाई छ । 

Advertisement