त्रिवि भन्सार कार्यालयका कर्मचारीको आन्दोलन स्थगित, जाँचपास सुरु

Advertisement

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । ट्रेड युनियन कानुन विरुद्ध भएको भन्दै आन्दोलन स्थगित भएको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुले २५ र २६ गते  कार्गोतर्फको सामान जाँचपास ठप्प पार्ने कार्यक्रम बताएका थिए । तर ट्रेड युनियन कानुन अनुसार समय दिएर मात्रै जाँचपास रोक्नुपर्ने भएपछि आन्दोलन रोकिएको हो। सोमबार र मंगलबार पनि सामान्य रुपमा नै भन्सार जाँचपास भैरहेको भन्सार कार्यालयले जनाएको छ । 

Advertisement

सोमबार भन्सार जाँचपास नरोकिएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार सोमबार मात्रै कार्यालयबाट ६ करोडको राजस्व संकलन भएको छ ।

साउन २ गते ब्रेक सु भनि जाँचपास भएको सामानमा सुन भेटिएपछि कार्यालयका ७ जना पक्राउ परेका छन् । प्रहरीले बिना प्रमाण कर्मचारी पक्राउ गरेको भन्दै सुरुमा सामूहिक राजिनामा माग गरेका थिए । यस्तै आगमन कक्षमा समेत जाँचपासको काम रोक्ने चेतावनी दिएका थिए ।

Advertisement

Advertisement