सीजी ब्राण्डको चाडपर्व लक्षित ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ अभियान सुरु

Advertisement

काठमाडौं । चौधरी ग्रुपको सीजी ब्राण्डले आफ्ना ग्राहकहरूलाई चाडपर्वमा खुशी पार्न ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ नामक प्रवर्द्धन योजना शुरु गरेको छ । 

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्डको रुपमा परिचित सीजीले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नेछन् । 

Advertisement

ग्राहकहरुले ५६ हजार चार सय रुपियाँसम्म बचत गर्ने अवसर प्राप्त गर्ने सिजी इलेक्ट्रोनिक्सको भनाई छ । सिमित समयको लागि दिइएको यस योजना यही भदौ २५ गतेदेखि नेपाल अधिराज्यभरी लागू गरिएको जनाइएको छ ।   यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शुन्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५प्रतिशसम्म छुट पाउनु सक्नेछन् ।  
उल्लेखित अफरहरु तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्राण्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सीजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् । 

सीजी इलेक्ट्रोनिक्स अन्तरगत रहेको सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा चिनिन्छ । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजालमार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको बताएको छ । 

गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउंदै आएको बताउँदै , सीजी इलेक्ट्रोनिक्सले सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरूमार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आएको, भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको, नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै ई–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिने जनाएको छ । सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो, जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्राण्ड हो । सीजी मेरिडियाको परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्राण्डहरूसँग दाँज्न मिल्छ भन्दै सीजी इलेक्ट्रोनिक्सले यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको बताएको छ । 

Advertisement