सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घट्यो, एक लाख १२ हजार १ सयमा कारोबार

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ ।  सुन प्रतितोला ४ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज १ लाख  १२ हजार १ सय र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement