अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने हो, मन्दीमा होइन्ः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । 

शनिवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा उनले बैंकहरुको कर्जा प्रवाह मुलुकको जीडीपी (कुल गार्हस्थ उत्पादन) भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए । 

Advertisement

पछिल्लो समयमा अर्थमन्त्रीदेखि निजी क्षेत्र र आर्थिक क्षेत्रका जानकारहरुले बैंकहरुले ब्याजदर घटाउने र ऋण लगानी बढाउन नसक्दा अर्थतन्त्र झन विषम अवस्थामा पुगेको बताउँदै आएका छन् । तर अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको बताए । 

उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने बताए । अधिकारीले बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताए । उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरु चुनौति दिने प्रचलन रहेको बताए । 

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौति रहेको बताए । उनले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताए । अधिकारीले पछिल्लो समय विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाईका साथ उभिएको बताए । 

उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भुमिका हुने गरेको बताए । केन्द्रिय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने अधिकारीको भनाई छ । 

अधिकारीले भने, ‘विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रका विषयमा पोजिसन लिइरहेको देखिन्छ । स्वयत्तताको कुरा गरिरहेको पाउँछौं । त्यो केको लागि भन्दा म्यान्डेट पूरा गर्नको लागि हो । मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको सीमा कति भन्ने कुरा आफ्नो ठाउँमा छ । मागबाट सिर्जना हुने मूल्यको सन्दर्भमा धेरै सीमाहरु हुँदा हुँदै पनि केन्द्रिय बैंकको भूमिका महत्वपूर्ण रहन्छ । नेपालको अर्थतन्त्रमा धेरै प्यारामिटरहरु चुनौति दिन्छन् । सिद्धान्तलाई चुनौति दिने प्राक्टिस छ ।’ 

उनले थपे, ‘जुन वर्ष धेरै मनि सप्लाई हुन्छ । त्यो वर्ष थोरै मूल्यवृद्धि भएको पनि हाम्रोमा उदाहरणहरु छन् । नेपालको कर्जा प्रवाह जिडिपी भन्दा धेरै छ । अहिले नेपालको कर्जा प्रवाहमा बैंकले लोन नदिएको कारणले अर्थतन्त्र चलायमान भएन । बजार चलायमान भएर ऋण चाहिने हो की ऋण दिएर बजार चलायमान हुने हो । यस्तो खालको अवस्था छ । राष्ट्र बैंकको तथ्याङ्क र प्रणालीले कयौं ठाउँमा सिद्धान्तहरुलाई च्यालेज गर्छ । तर पनि स्वयत्तताको मूल्य जुन छ त्यो महत्वपूर्ण छ । केन्द्रिय बैंकको मेजरमेण्टको सन्दर्भमा राम्रो मोडल ल्याएको छ । जसले केन्द्रिय बैंकको उद्देश्य मुलुकको अर्थतन्त्र र मूल्यवृद्धि स्थायित्व राख्ने वा नराख्ने ?’

अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए । 

Advertisement

Advertisement