विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाद्धारा मनास्लु हिमालको सफल आरोहण
फाइल तस्बिर

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेका छन् । 

उनले आज  बिहान ८ः१० बजे उक्त हिमालको सफल आरोहण गरेका सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको हो ।  शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीमा सिनियर गाइडको रुपमा कार्यरत छन् । 

Advertisement

शेर्पाले यस वसन्त ऋतृमा सर्वोच्च शिखर सगरमाथा २८ पटक  चढेर आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए ।

Advertisement

Advertisement