माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई ॐ हस्पिटलमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

Advertisement

समारोहमा ॐ अस्पतालका शेयरधनी हरिप्रसाद पाठक, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो । त्यस्तै माछापुच्छ्रे बैंकका चिफ विनजनस अफिसर विनित चन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी , बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चावहिल शाखा प्रवन्धक निरज सिग्देलको उपस्थिति थियो ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु , कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोवाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ । 

बैंकका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले १२ एक्सटेन्सन काउण्टर, १३० शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 

Advertisement