कीर्तिमानको होडः मिङ्मा र निर्मल पुर्जाद्धारा चो ओयु हिमालको पनि बिना अक्सिजन सफल आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको छैटौं अग्लो चो ओयु हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् ।

मिङ्माले आज (सोमबार) दिउसो १२ः३० बजे चो ओयुको बिना अक्सिजन आरोहण गरेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन । मिङ्माले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरुमध्ये चो ओयु हिमालसहित १३ वटा हिमाल बिना अक्सिजन आरोहण गरेका छन् ।

Advertisement

त्यस्तै, मनास्लु हिमालको बिना अक्सिजन सफल आरोहण गरेसँगै निर्मल पुर्जाले चो ओयुको पनि बिना अक्सिजन सफल आरोहण गरेका छन् । उनले आजै यो हिमालको आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले जानकारी दिए । 

निर्मलले पनि विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरुमध्ये चो ओयु हिमालसहित १३ वटा बिना अक्सिजन आरोहण गरेका छन् । मिङ्मा र निर्मलले अब शिशपाङ्मा हिमाल मात्र बिना अक्सिजन आरोहण गर्न बाँकी छ । निर्मल पुर्जा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखर बिना अक्सिजन छोटो समयमा आरोहण गरेर कीर्तिमान बनाउने योजनामा रहेको मिङ्मा डेविड शेर्पाले बताए । 

Advertisement

Advertisement