शेयर धितो कर्जाको सीमामा संशोधन, अब १५/२० करोडको सीमा

Advertisement

काठमाडौं । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमामा संसोधन गरेको छ । 

एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमामा संसोधन गरेको हो । 

Advertisement

सेयर धितो कर्जाको संसोधनसँगै अब व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड पुगेको छ भने संस्थागततर्फको क्याप भने बढेर २० करोड पुगेको छ । 

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा  कुल रु। १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।’ एकीकृत निर्देशनमा भनिएको छ । 

Advertisement