शिशापाङ्मा हिमपहिरोमा कीर्तिमानी आरोही नै बेपत्ता, पर्यटनमन्त्री बेखबर

Advertisement

काठमाडौं । शिशापाङ्मा हिमालमा शनिबार गएको हिमपहिरोमा बेपत्ता रहेका कीर्तिमानी नेपाली पर्वतारोहीसहित दुई जनाको स्थिति अझै पनि अन्योलमा छ । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भने बेखबर देखिएका छन् । 

तिब्बततर्फ रहेको शिशापाङ्माको हिमपहिरोमा दुई जनाको मृत्यु भएको पुष्टि भइसकेको हिमपहिरोमा दुई जना बेपत्ता छन् । अमेरिकी महिला आरोही अन्ना गुटु र उनको शेर्पा गाइड मिङमार शेर्पाको मृत्यु भएको छ भने अर्की अमेरिकी आरोही जिना मारिया र उनका शेर्पा गाइड तेन्जेन (लामा) शेर्पा भने बेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको भइरहेको आरोहण कम्पनीहरुको भनाई छ । तेन्जेन कीर्तिमानी पर्वतारोही हुन् । 

Advertisement

विश्वका १४ अग्ला हिमालहरुमध्ये शिशापाङ्मा आठ हजार २७ मिटर अग्लो हिमाल हो । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाका अनुसार बेपत्ता चार जनामध्ये दुई जनाको शब भेटिएको र दुई जना अझै बेपत्ता छन् । 

बझाङमा दुई वटा भूकम्पको कडा धक्का महशुस भएकै दिन शिशापाङ्माको सात हजार आठ सय मिटरभन्दा माथिको हिमपहिरो गएको थियो । आरोहीहरू शिशापाङ्मा हिमालको चुचुरो तर्फ पुग्न लाग्दा हिमपहिरो गएको जनाइएो छ ।  

अमेरिकी महिला आरोही अन्ना गुटु विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने पहिलो अमेरिकी महिला बन्ने दौडमा थिइन । त्यस्तै, तेन्जेन र नर्वेकी क्रिस्टिन हरिलाले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए । 

घटनामा कामिरिता शेर्पा, मित्रबहादुर तामाङ र कर्मा ग्याल्जेन शेर्पा भने घाइते भएका छन् । 

Advertisement

Advertisement