नयाँ नोट असोज २९ गतेदेखि साट्न पाइने

Advertisement

काठमाडौं । चाडपर्वका लागि आगामी २९ गते सोमबारदेखि नयाँ नोट साट्न पाइने भएको छ । 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना प्रकाशित गरी विगत वर्षहरुमा झै यसवर्ष पनि असोज २९ गतेदेखि मुद्रा व्यवस्थापन विभाग र इजाजत प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाइने उल्लेख गरेको छ । 

Advertisement

उपत्यकाबाहिर राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमा गई नयाँ नोट सटही सुबिधा लिन सकिने कार्यकारी निर्देशक नरेश शाक्यले उल्लेख गरेका छन् ।  

undefined
 

Advertisement