आईपीओपछि पनि सिटिजनको चुक्ता पुँजी अपुग, उपयुक्त विकल्प ल्याए बाटो खोल्दिन्छौंः पौडेल

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलार्य चुक्ता पुँजी पुर्याउन सकस भएको छ । केही दिनअघि प्रिमियम मूल्यमा आईपीओ (प्राथमिक शेयर) निष्काशन गरे पनि पुँजी अगुप भएको हो । 

हाल सिटिजन लाइफको चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपियाँ रहेको छ । उक्त पूँजी कम्पनीले आईपीओ जारी गरेपनि कायम पुँजी हो । कम्पनीले सर्वसाधारणका लागि आफ्नो कूल पूँजीको ३० प्रतिशत साधारण शेयर धितोपत्रसम्बन्धी कानुनबमोजिम प्रिमियम मूल्यमा जारी गरेको थियो । 

Advertisement

प्रिमियम मूल्यमा शेयर जारी गर्नुअघि सिटिजन लाइफको चुक्ता पुँजी दुई अर्ब ६२ करोड ५० लाख रुपियाँ थियो । आईपीओबाट एक अर्ब १२ करोड ५० लाख रुपियाँ पुँजी थप भए पनि नेपाल बीमा प्राधिकरणले तोकेको पाँच अर्बको पुँजीको सीमा कायम गर्न भने विकल्प खोज्नुपर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ जारी भएपछि कम्पनीको जगेडा प्रिमियम भने एक अर्ब ५३ करोड ५० लाख रुपियाँ रहेको छ ।  

अब प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीलाई एक अर्ब २५ करोड रुपियाँ अपुग भएको छ । प्राधिकरणका कायकारी निर्देशक राजुरमण पौडेलले पुँजी पुर्याउन उपयुक्त विकल्पसहित कम्पनी आए आफूहरु बाटो खोल्न तयार रहेको बताए । 

उनले भने, ‘पुँजी पुर्याउनु यसअघि पटक पटक दिएको छ । निर्देशन पनि दिइसकेको हो । प्रिमियम मूल्यमा आईपीओ ल्याउँछु भन्दा हामीले त्यसमा पनि सहजीकरण गरेकै हो । अब सिटिजन लाइफले के बाटो अपनाउँछ ? हामीले हेर्नुपर्छ उसले उपयुक्त विकल्पसहित आए बाटो खोल्न प्राधिकरण तयार छ ।’ 

पौडेलले बीमा कम्पनीहरुको हितकै लागि प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अवसर दिएको बताए । उनले निर्धारित समयमा पुँजी नपुर्याएका कम्पनीलाई कारवाही गर्ने कुरामा बोल्न चाहेनन् । 

यता सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले केही दिनअघि कर्पोरेट नेपालसँगको कुराकानीमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दा चुक्ता पुँजी पुग्ने दावी गरेका थिए । 

Advertisement