बैंकर र सुन ब्यवसायीबीच आपूर्ति, वितरण र मुल्य निर्धारण प्रकृया सहज वनाउने सहमति

Advertisement

काठमाडौं । सुनचाँदी ब्यवसायी, बैंकर्स संघ र वाणिज्य बैंकका प्रतिनिधिहरुबीच आइतबार काठमाडौंमा सुनको आपूर्ति, वितरण र र मुल्य निर्धारण प्रकृया सहज बनाउने सहमति भएको छ । सुनचाँदी ब्यवसायीहरुले विगत लामो समय देखि यी बिषयमा आवाज उठाउँदै आएका थिए । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला संघका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल र बैंकका प्रतिनिधिबीच ब्यवसायीहरुले उठाउँदै आएको २१ बुँदे मागमा सहमति जुटेको संयुक्त कार्यदलका संयोजक बिपेन्द्र रामुदामुले बताए । 

Advertisement

छलफलका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी ब्यवासायीले भोग्नु परेको समस्याको बारेमा जानकारी गराए । उनले बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको नाकाहरुमा सुलभ रुपमा सुन उपलब्ध गराउनुपर्ने, मुल्य निर्धारण प्रकृयालाई पारदर्शी र प्रभावकारी वनाइनुपर्ने, सुन वितरण प्रकृयालाई थप ब्यवस्थित वनाइनुपर्ने लगायतका २१ बुँदे माग प्रस्तुत गरे । 

बैंकका प्रतिनिधिहरुले सुनको आपूर्ति, विक्री वितरण र मुल्य निर्धारण प्रकृयामा बैंकको भूमिकाका बारेमा जानकारी गराएका थिए । 

छलफलमा विवादित बिषयहरुमा दुवै पक्षवीच आपसी परामर्श गरेर अगाडि बढ्ने र त्यसका लागि बैंकर–ब्यवसायी सम्मिलित एक समिति बनाई सोही समितिसँगको परामर्शका आधारमा अगाडि बढ्ने निर्णय भएको थियो । 

छलफलका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट अध्यक्ष शाक्य, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष एवं कार्यदलका संयोजक रामुदामु र उपाध्यक्ष पवन सोमानीको उपस्थिति थियो । 


 

Advertisement

Advertisement