इजरायलमा ज्यान गुमाएका १० नेपालीलाई ल्याउने तयारी, ज्यान जोगाउन केही अझै बंकरमै

Advertisement

काठमाडौं । इजरायलमा प्यालेस्टायनी विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको द्ध । 

शनिबार बिहानबाट हमासले सुरु गरेको आक्रमणमा सयौं इजरायलीको ज्याज गएको छ भने १० जना नेपालीको ज्यान गएको पुष्टी गरिएको छ । आक्रमणबाट जोगिन गुप्रै नेपाली बंकरमा लुकेर ज्यान जोगाइरहेको समाचार आइरहेका छन् । 

Advertisement

इजरेलस्थित नेपाली दूतावासलाई त्यहाँको प्रहरीले १० नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी पठाएको बताइएको छ।

प्रहरीले अझै एक जना नेपाली हराइरहेको र चार जना घाइते भएको र दुई जना सुरक्षित रहेको दूतावासलाई जानकारी दिएको छ।

मृतकहरूमा अधिकांश सूदुरपश्चिमका छन् भने एकजना पूर्वका छन् । ती विद्यार्थीहरू नेपालबाट ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।

सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरायलको किबुज अलुमीम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासले आइतवार राति जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दक्षिण इजरेललको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरुको दुखद निधन भएको छ भने ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। साथै सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजीकार्य भइरहेको छ।’ 

शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको बताउँदै दूतावासले नेपाल फर्कन चाहनेका लागि पनि पहल भइरहेको जनाएको छ । नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीका लागि दूतावासमार्फत इजरेल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि छिट्टै अनलाइन रजिष्ट्रेशनको व्यवस्था गरिने सरकारले बताएको छ । 

संसदमा आइतबार बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले गाजा क्षेत्र नजिकै हमासको आक्रमणमा नेपालीहरु पनि परेको जानकारी गराएका थिए । घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

शनिवार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ । सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि लडाइँ सुरु भएको हो। त्यस क्रममा हालसम्म हमासको आक्रमणमा छ सय जना भन्दा बढी मारिएको इजरायलले जनाएको छ । त्यस्तै गाजामा ३७० भन्दा बढीको मृत्यु भएको खबर छ ।

Advertisement

Advertisement