चौधरी ग्रुपको वाइवाईलाई चुनौति दिन आयो फरक स्वाद र गुणस्तरको ‘गज्जबको मिठो’

Advertisement

काठमाडौं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ । कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि अर्को ब्राण्ड ‘गज्जबको मिठो’ ल्याइएको हो । 

कम्पनीका अनुसार गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा सिंगापुरको सिजनिङ प्रयोग भएको बताउँदै कम्पनीले उपभोक्ताले नयाँ स्वाद लिनसक्ने दावी गरेको छ ।

Advertisement

स्वादमा राम्रो, पौष्टिक र सबैको पहुँचमा हुने उत्कृष्ट गुणस्तरको चाउचाउ उत्पादन गर्ने उद्देश्यले विभिन्न उद्योगीहरुको नेतृत्वमा स्थापना भएको सिद्धिविनायक स्न्याक्स एण्ड नूडल्स स्थापना भएको भन्दै कम्पनीले आफ्नो नयाँ ब्राण्डलाई ‘फ्ल्यागसिप’को संज्ञा दिएको छ । 

भविष्यमा यस ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गर्ने योजना रहेको बताउँदै कम्पनीले उपभोक्ताले कम्पनीको व्यवहार, विश्वास र कार्यहरूमा इमान्दार र वैधानिक चासो राख्ने र ब्रान्डमा उनीहरूले विश्वास गर्ने भन्दै सिद्धिविनायकले उपभोक्ताको आवश्यकता पूरा गर्न र उनीहरूलाई उत्कृष्ट गुणस्तरको चाउचाउ उपलब्ध गराउन कम्पनीको प्लान्टमा असाधारण उच्च सुविधायुक्त मेसिनहरू उपलब्ध गराइएको जनाएको छ । 

चाउचाउको बढ्दो मागलाई पूरा गर्न नेपाली उपभोक्ता र बजारको बदलिँदो स्वाद पूरा गर्ने आफूहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ । अहिले नेपाली बजारमा चौधरी समूहको वाइवाइको बजार हिस्सा ठूलो रहे पनि पछिल्लो समय उसलाई चुनौति दिन फरक स्वाद र गुणस्तरमा नयाँ ब्राण्डका चाउचाउहरु आक्रामकरुपमा आएका छन् । 

Advertisement

Advertisement