सवारीचालक अनुमतिपत्रको नविकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवा सञ्चालन

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन् । 

बिहीवार ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

बिहीवार बिहान यातायात व्यवस्था कार्यालय वागमती प्रदेशको एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्रको नविकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवा सञ्चालन भएको हो ।  

उनले लाइसेन्स, राजश्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताए । उनले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनैपनि काममा सफल भइने बताए ।

उनले जनतालाई झन्झटभुक्त रुपमा सहज रुपमा सेवा दिनुपर्ने अहिलेको आवश्यकता भएको बताए । जनताले पाएको सास्ती र बिचल्ली देखेर विचौलियाहरुले यातायात कार्यालयहरुमा सेवाग्राहीलाई शोषण गरिरहेको बताए । उनले छिटो छरितो र नम्र भएर कर्मचारीहरुले काम गर्ने हो भने विचौलियाहरु निषेधित हुँदै जाने बताए । सेवाग्राहीको पहुँच कर्मचरीसँग नहुने तर विचौलियाको पहुँच कर्मचारीसँग हुनु नै समस्याको जड रहेको बताए । 

कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सटौलाले सडकका खाल्डाखुल्डी पुर्ने काममा सरकारले ढिलासुस्ती गरिरहेको बताए । उनले नारायणगढ-मुग्लिन लगायतका सडकखण्डमा अझै सडकहरुका खाल्डाखुल्डी पुर्न सरकारी पक्षबाट ढिलासुस्ती भइरहेको भन्दै सडक सुरक्षित नभएसम्म दशैँतिहार जस्ता चाडबाडमा समयमै र सहज रुपमा यात्रुहरुलाई गन्तव्यमा लैजान कठिन हुने बताए । उनले अग्रिम टिकट काट्नेको संख्या गत वर्षको तुलनामा धेरै भएको बताए । 

 

Advertisement

Advertisement