बीमा कम्पनीहरुले अभौतिक सम्पत्तीको बीमा गर्न नपाउने, प्राधिकरणले जारी गर्यो निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘सम्पत्ती बीमा २०८०’ सम्बन्धि निर्देशन जारी गरेको छ । प्राधिकरणले जारी गरेको सम्पत्ती बीमा सम्बन्धि निर्देशन आगामी कात्तिक १ गतेबाटै लागू हुने बताइएको हो ।

निर्देशनमा बीमा कम्पनीहरुले भौतिक सम्पत्तीको मात्रै बीमा गर्नुपर्ने उल्लेख गरिएको छ । कुनै पनि बीमा कम्पनी अभौतिक किसिमका बीमा गराएमा त्यस्ता बीमालाई गैर कानुनी मानिनले प्राधिकरणले ठहर गरेको हो । 

Advertisement

तर, अभौतिक सम्पत्तीसँग जोडिएका वा गाँसिएका अन्य भौतिक संरचनाको भने बीमा गर्न पाइने व्यवस्था बीमा प्राधिकरणको निर्देशनमा उल्लेख गरिएको हो । अभौतिक सम्पत्तीका लागि प्रयोग गरिने भवन वा जग्गाको भने बीमा गर्न पाउने व्यवस्था ल्याइएको हो ।

त्यस्तै, बीमा कम्पनीहरुले बीमा गर्ने सम्पत्तीको मूल्य कायम गर्न पाउँने भए पनि उनीहरुले सम्पत्ती रहेको जमिनको भने मूल्य कायम गर्न नपाउने बीमा प्राधिकरणको निर्देशनमा उल्लेख गरिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने,‘भौतिक सम्पत्तीको बीमा गर्दा त्यस्तो सम्पत्ती टुट्दा नस्ट हुँदा बीमाले पैसा दिइहाल्छ । अब अभौतिक सम्त्तीको बीमा चाही गर्ने हुदैन भनेर हामीले भनिरहेका छौं । अभौतिक सम्पत्तीमा जोखिमांकन गर्न आफ्ठयारो हुने भएकाले बीमाले आँखाले देखिने गरी (फिजिकल ड्यामेज) नस्ट भएका वस्तु, सामानहरुको मात्रै बीमा गर्छ । यसमा रोगहरुको सन्दर्भमा चाही रिर्पोट देखिने भएकाले ओरिजिनल रिर्पोटलाई नै बीमाले आधार बनाउनुपर्छ ।’

त्यस्तै पौडेलले थपे, ‘कृषी उत्पादनमा लाग्दै आएका लागतलाई परिमार्जन गरेका छौं । अहिलेसम्म किसानहरुले तिर्दै आउँनु भएका कतिपय बीमाशूल्कको दर अहिले कम भएको अवस्था छ । बीमामा आकर्षण बढाउन हामीले दररेट कम गरेका हौ । केही ठूला जोखिमको भएका ठाउँमा चाही बीमाशूल्क बढेको होला । यो चाही बाध्यतावस बढ्नै नै किसिमका बीमा हुन् । जुनसुकै देशमा पनि उच्च जोखिम भएका ठाउँमा बीमाशूल्क घट्दैन त्यस्तो अवस्था भन्दा बाहेकका अधिकांश बीमालेखको दर घटेको छ, परिमार्जन भएको छ ।’  

Advertisement