भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रम मार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्ने भएका छन् ।  

नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा रु.२,५०० को सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ । दशैंको घटस्थापनाको अवसर पारेर यही असोज २८ गतेदेखी पुस २५ गतेसम्म सञ्चालन हुनेछ भने सन् २०२४ को पहिलो साता लक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ ।

Advertisement

टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको ईन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन् । 

यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुने जनाइएको छ ।  
 

Advertisement

Advertisement