नेपालमा सञ्चालित केबलकारहरु, कुनमा कसको लगानी ?

Advertisement

काठमाडौं । नेपालमा केवलकारको पर्यायबाची मनकामना केवलकार बन्दै आएको थियो । तर पछिल्लो समयमा यस्तो केवलकारहरुमा लगानी गर्ने चलन बढेर गएको छ । 

अहिले गोरखाको मनकामना मन्दिर दर्शन गर्न जान मात्रै होइन्, अन्य ठाउँमा पर्यटकीय तथा धार्मिक स्थलमा पनि केवलकार सेवा सुरु भएका छन् । केवलकारको यात्रा मनोरञ्जनका लागि मात्रै नभएर उकालो चढ्न शरीरिकरुपमा अशक्तहरुका लागि पनि रोजाई बन्ने गरेको छ । 

Advertisement

पछिल्लो समयमा मानिसहरु नयाँ नयाँ ठाउँमा घुम्ने, मिठो मिठो खाने संस्कृति विकास हुँदै गएकाले पनि केवलकारको सञ्चालन सफल बन्न पुगेको हो । केबलकारमा चढ्ने र टिकटक बनाउने संस्कृति पनि मौलाएर गएको छ । अहिले सञ्चालनमा रहेका आधा दर्जन केवलकार सेवा छन् भने अरु नयाँ गन्तव्यमा पनि केवलकार निर्माणको काम अघि बढेको छ । 

मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्नका लागि विश्वकै सबैभन्दा लामो केवलकार निर्माणको तयारी समेत भइसकेको छ । यद्यपि यसका लागि केही बर्ष धैय गर्नुपर्ने देखिन्छ । तर अहिले सञ्चालनमा रहेका केवलकारहरु भने यस्ता छन्ः 

नेपालका छ ठाउँमा केबलकार संचालनमा रहेको छ । 
    केबलकार                          स्थनहरु
१) मनकामना केबलकार              कुरिन्टार, गोरखा
२) चन्द्रागिरि केबलकार               थानकोट, काठमाडौं
३) कालिञ्चोक केबलकार             कुरी, दोलखा
४) अन्नपूर्ण केबलकार                 पामे, पोखरा
५) मौला काली केबलकार          गैँडाकोट, नवलपुर
६) लुम्बिनी केबलकार                गोलपार्क, बुटवल

कुन केबलकारमा कसको लगानी ?
सञ्चालनमा रहेका केवलकारमध्ये मनकामनामा लक्ष्मणबाबु (एलबी) श्रेष्ठ अर्थात राजेशबाबु श्रेष्ठ, कालिञ्चोक केबलकारमा बालकृष्ण शिवाकोटी, अन्नपूर्ण केबलकारमा जापानी पर्यटन व्यवसायी ताकाशी मियाहारा, कालु गुरुङ, चन्द्रागिरि केबलकार, मौलाकाली केबलकार, लुम्बिनी केबलकारमा आईएमई ग्रुपको लगानी रहेको छ । 

मनकामना केबलकार सञ्चालनमा आएको झण्डै साढे दुई दशक भइसकेको छ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबलकार प्रायः सधैं मानिसहरुको भीड लाग्ने गर्दछ । 

Advertisement