कहाँ कहाँ छ पाराग्लाइडिङ खेल्ने सुविधा ? तर शुल्कमा भने ठूलो भिन्नता

Advertisement

काठमाडौं । नेपाल साहसिक खेलका लागि विश्वमा प्रसिद्ध छ । नेपाल आउने पर्यटकहरुमध्ये ठूलो हिस्सा हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रासँगै साहसिक खेलका लागि आउने गर्छन् ।  

साहसिक खेलका लागि पदयात्रा, हिमाल आरोहण, स्कि, कयाकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ जस्ता थुप्रै विधा नेपालमा छ । प्याराग्लाइडिङ यस्तो साहसिक खेल हो जसले आकाशमा उड्न चाहने पर्यटकहरूलाई आकर्षित गर्छ । 

Advertisement

नेपालका विभिन्न ठाउँहरुमा प्याराग्लाइडिङको मज्जा लिन सकिन्छ । नेपालमा सन् १९९६ मा प्याराग्लाइडिङ उडानको सुरुवात भएको देखिन्छ । हालसम्म नेपालका विभिन्न ठाउँमा ८० वटाभन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरु स्थापना भइसकेका छन् । 

बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रालिका संचालक तथा प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारका सरकारले प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न स्वीकृति दिएका ठाउँहरु सराङकोट, तोरीपानी, मन्द्रेढुंगा, धरान, संखुवासभा, बेलखा, सुर्खेत, बन्दीपुर, गोदावरी, खाँदबारी, दाङ, लप्सेफेदी, शंखरापुर, भेडेटार र चन्द्रागिरीलगायत छन् । 

प्याराग्लाइडिङ उडान गर्न कति शुल्कः
पोखरामा नेपाली र विदेशीलाई प्याराग्लाइडिङ गर्न एउटै मूल्य तोकिएको छ । बाह्र हजार तिरेपछि फोटो र भिडियोको सुविधासहित कम्तीमा १५ देखि ३० मिनेट उड्न सकिन्छ ।

सबै ठाउँमा हुने प्याराग्लाइडिङ उडानको समय अवधि एउटै रहेको छ । शुल्क भने ठाउँअनुसार फरक फरक देखिन्छ । केही ठाउँमा प्याराग्लाइडिङ गर्न पाँच हजार रुपियाँसम्म शुल्क तिरे पुग्छ भने कतिपय ठाउँमा १२ हजारसम्म रहेको छ । यसको नियमन भने सरकारीस्तरबाट हुन सकेको छैन् । 

Advertisement