सगरमाथा क्षेत्रमा जर्मन नागरिक बेपत्ता !

Advertisement

काठमाडौंं । सगरमाथा क्षेत्रमा जर्मन नागरिक बेपत्ता भएका छन् । डा. गर्ट स्काचर–गम्स नामक एक विदेशी पर्यटक करिब एक हप्तादेखि बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिए । 

डा. गर्टले कालापत्थरसम्मको लागि इन्ट्री गरेको बताउँदै उनले भने, ‘उनले कालापत्थरमा पुगेर फोटो पनि खिचेर सामाजिक सञ्जालमा राखेका छन् । त्यसपछिको उनको अपडेट छैन् । उनको छोरा पनि बाबुको खोजीको लागि नेपाल आएका छन् ।’

Advertisement

डा. गर्ट गाइड बिना नै कालापत्थर गएका थिए । अध्यक्ष शेर्पाले खुम्बु क्षेत्रमा एक जना विदेशी बेपत्ता भएको खबर पाएसँगै क्षेत्रभित्र रहेका होटल, लजहरुमा डा. गर्टको फोटोसहित सबैतिर जानकारी पठाएको बताए । 

डा. गर्टको छोराको अन्तिम पटक अक्टोबर ६ को बिहान लोबुचेबाट कुराकानी भएको थियो । पाङ्बोचे, फोर्टसे बीच, फोर्टसे, थोरे बीच र रेन्जो पास, गोक्यो ग्लेशियर, गोक्यो री, चोला पास, दोज्ङ्घला, कोङ्मा ला, खुम्बु ग्लेशियर लगायत क्षेत्रमा खोजी भएको र उक्त ठाउँहरुमा नभेटेको उनको छोराले उल्लेख गरेका छन् ।  

छोराले जर्मनमा हुँदा पनि आफ्नो बाबु एक्लै एक्लै हिमालतिर हिँड्ने गरेको बताएको शेर्पाले जानकारी दिए । 

 

Advertisement