हिमालको लागि ११८५ जनाले लिए आरोहण अनुमति,  ६ करोड ९१ लाख राजश्व संकलन

Advertisement

काठमाडौं । शरद ऋतुका लागि एक हजार एक सय ८५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहीहरुले ४९ वटा हिमालको लागि आरोहण अनुमति लिएका हुन् । 

पर्यटन विभागका अनुसार अनुमति लिएका आरोहीहरु ७२ देशका नागरिकहरु हुन् । एक हजार एक सय ८५ जना आरोहीहरु मध्ये ९ सय ४८ पुरुष र २ सय ३७ जना महिला रहेका छन् । उनीहरुबाट सरकारले ६ करोड ९१ लाख ९६ हजार ४५१ रुपियाँरोयाल्टी संकलन गरेका छन् । 

Advertisement

अमा दब्लम (६,८१४ मिटर) हिमाल आरोहणको लागि सबै भन्दा बढी आरोहण अनुमति लिएका छन् । ४ सय ९ जनाले आरोहीहरुले अमा दब्लम हिमालको आरोहण अनुमति लिएका छन् । अमा दब्लम हिमालपछि मनास्लु हिमालको लागि मात्र ३ सय एक जना आरोहीले आरोहण अनुमति लिएका छन् । त्यसैगरी हिमलुङ हिमालको लागि एक सय २५ जना आरोहीहरुले आरोहण अनुमति लिएका विभागले जनाएको छ । 

आरोहण अनुमति लिएका ४९ वटा हिमालहरु:

undefined
 

Advertisement