सुनको कोटा बढाएसँगै बढ्यो आयात, तीन महिनामै भित्रियो ९ सय किलो

Advertisement

काठमाडौं । सरकारले सुन आयातको दैनिक कोटा बढाएसँगै आयातमा वृद्धि भएको छ । राष्ट्र बैंकले दैनिक १० किलोबाट २० किलो पुर्याएपछि आयात बढेको हो ।

भन्सार विभागका अनुसार चालु वर्षको पहिलो तीन महिनामा ९ लाख ५ सय ग्राम अर्थात ९००.५ किलो सुन आयात भएको छ । यो सुनलाई वाणिज्य बैंकहरुले युनाइटेड अरब इमिरेट्स (दुबई) मा ७ अेब ३५ करोड रुपियाँ खर्चिएका छन् । यस्तै भन्सार महसुल रु १ अर्ब १० करोड तिरेका छन् । 

Advertisement

चालु वर्ष सरकारले सुनको भन्सार महसुल वृद्धि गर्दा राजस्वमा समेत वृद्धि भएको छ। 

 गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ५ सय १ किलो मात्रै सुन आयात भएको थियो। सो समयमा दैनिक १० किलो मात्रै सुन ल्याउने अनुमति राष्ट्र बैंकले वाणिज्य बैंकलाई दिएको थियो । 

नेपालमा सुन आन्तरिक बजार भन्दा नेपालको भुमिलाई प्रयोग गरी भारत जाने विभिन्न घटना तथा अध्ययनले पुष्टी गरेको छ। राजस्व अनुसन्धान विभागले साउन २ गते ६०.७१६ किलो सुन जफत गरेपछि नेपाललाई सुन तस्करको ठूलो ट्रान्जिट बनाइएको खुलेको थियो । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा कडाई गरिएसँगै चीनसँग सिमा जोडिएका जिल्लाहरुबाट समेत सुन तस्करीको घटना बढिरहेको छ । 

Advertisement

Advertisement