नबिल बैंकले इलेक्ट्रिक स्कुटरहरु किन्दा क्रेडिट कार्डमार्फत कर्जा सुबिधा दिने

Advertisement

काठमाडौं । नबिल बैंकले इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा दिने भएको छ । 

बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडि मोर्टर्स) सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिद गर्न सक्ने सम्बन्धी सम्झौता भएको हो । 

Advertisement

एफडि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य रु. २,६१,९९९ र एफ फाइब एको मूल्य रु. २,९७,९९९ छ ।

छिटै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागी ल्याउने जनाएको छ । 

Advertisement

Advertisement