एक प्रतिशत आयात बढ्दा ११ प्रतिशतले बढ्यो राजस्व, चुहावट रोक्न भन्सार विभाग आक्रामक

Advertisement

काठमाडौं । भन्सार महसुल चुहावट रोक्न भन्सार विभाग आक्रामक बनेको छ । विभागले भन्सारकै कर्मचारी माथी उच्च निगरानी बढाएर चुहावट रोक्न अग्रसर बनेको हो ।

विभागले कडाई गर्दा भन्सार महसुलको ग्राफ समेत बढ्न थालेको छ । चालु आर्थिक वर्ष र गत आर्थिक वर्ष २०७९/८० को तुलनामा राजस्व संकलन वृद्धि भएको देखिएको हो । 

Advertisement

गत आर्थिक वर्ष पहिलो तीन महिना साउन, भदौ र असोजमा ४ खर्ब ९९ करोडको आयात भएको थियो । जसबाट गत आर्थिक वर्षमा रु ९७ अर्व ७९ करोड राजस्व संकलन भएको छ । 

यस्तै चालु आर्थिक वर्षको सोहि अवधिमा ४ खर्ब ७ अर्ब आयात भएको छ। जस्बाट १ खर्ब  ८ अर्ब ७४ करोड राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा आयात व्यापारमा १.६९ प्रतिशतले मात्र बृद्धि भएको भएतापनि राजस्व संकलनमा उल्लेखनिय प्रगति भएको देखिएको छ । 

भन्सार प्रशासनले गत आर्थिक वर्षको श्रावण देखि असोज महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा ११. २ प्रतिशत बढि राजस्व संकलन गरेको छ । 

भन्सार विभागमा नयाँ नेतृत्व आए संगै राजस्व चुहावटमा शुन्य सहनशिलता अवलम्बन गर्ने नीति लिएको छ । बिभागबाट अनलाईनको माध्यमबाट हुने  प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडी पछाडी समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको छ । 

विभाग स्रोतका अनुसार महत्वपुर्ण शाखामा योग्य कर्मचारीको परिचालन गरिएको छ। भन्सार कार्यालयमा बसेर कैफियत गर्नेलाई तत्काल विभागिय कारबाही समेत गर्ने गरेको छ ।

आन्तरिक अनुगमनको क्रममा भन्सार मुल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कार्वाही गर्न लगाउने गरिएको छ । 

यसरी अनुगमन गर्दा गम्भिर राजस्व छलि हुन सक्ने देखिएमा त्यस्ता कन्साईमेन्ट रोकि विभागबाटै छड्के परिक्षणको लागि टोलि पठाउने कार्यको सुरुवात भएको छ । त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पुर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्ष भरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउने जस्ता  नीति अवलम्बन गरिएको छ ।


 

Advertisement