विश्वकप छनोटः नेपाल ओमानसँग पाँच रनले पराजित
फाइल तस्बिर

Advertisement

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा आज बिहीबार ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । 

अब नेपालले सेमिफाइनलमा युएईको सामना गर्ने छ । यूएई पनि बलियो टिमको रुपमा मानिन्छ । कीर्तिपरस्थित टीयू खेल मैदानमा आज भएको खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउँदा पाँच रनले पराजित हुन पुगेको हो । 

Advertisement

अन्तिम बलमा जितका लागि छ रन आवश्यक भएका बेला करण केसी आउट भएपछि ओमान पाँच रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो । नेपालका लागि विवेक यादवले २४ बलमा पाँच छक्कासहित ३९ रन, कुशल भुर्तेलले २६ रन, करण केसीले १५ रन, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२–१२ रन, कुशल मल्लले १० रन बनाए । 

टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका करण केसीले तीन विकेट, सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराको एक–एक विकेट लिए । 

अब समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीच भोलि खेल हुनेछ । समूह बीको खेलमा युएईले हङकङ हराएर समूह विजेता बनेकाले नेपालसँग फाइनलका लागि खेल्ने निश्चित भएको छ । 

एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो । 

Advertisement

Advertisement