विद्युतीय सवारी ‘सेरेस थ्री’को डेलिभरी आजबाट सुरु

Advertisement

काठमाडौं । विद्युतीय सवारी साधनहरूको उत्पादनका क्षेत्रमा अग्रणी कम्पनी सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ । 

नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेस थ्रीले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ । आफ्नो पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस थ्रीले दिगो यातायातको क्षेत्रमा महत्त्वपूर्ण छलाङ प्रदान गरेको छ।

Advertisement

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रति सेरेसको समर्पणलाई थप प्रकाश पार्दछ ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ, जसमा नेपाल ७१औँ स्थान बनेको छ ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९,९९,०००/– र रु ५२,९९,०००/- बाट सुरु हुन्छ । सेरेस मिनी ईभी तीन भेरियन्टमा आउँछ । लो ट्रिम–१८० किमी बेस अप्सन, मिड ट्रिम–१८० किमी फुल अप्सन, र टप ट्रिम–२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००/–, रु १६,४९,०००/– र रु १७,९९,०००/– रहेको छ ।
 

Advertisement

Advertisement