पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सले बढायो नाफा, अन्य सुचकहरुमा पनि सुधार

Advertisement

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमाझ अधिकांश सूचकमा अब्बल रहँदै आएको शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा पाँच लाख रुपियाँले नाफा बढाउन सफल भएको छ । 

कम्पनीले सार्वजनिक गरेको यस अवधिको अपरिस्कृत वित्तीयअनुसार अहिलेको विषम आर्थिक अवस्थामा पनि कम्पनीले नाफा बढाउन सफल भएको देखिएको हो । यस पहिलो त्रैमासमा शिखरले ११ करोड १४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ११ करोड नौ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो । 

Advertisement

हाल कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८८ लाख रुपियाँ रहेको छ बीमा कोषमा चार अर्ब ९३ करोड ९० लाख रुपियाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कोषमा चार अर्ब ७३ करोड ६५ लाख रुपियाँ थियो ।

समीक्षा अवधिमा कम्पनीले ७९ करोड ४४ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको छ । गत वर्ष सोही अवधिमा उसले ७५ करोड ३६ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको थियो । 

हाल शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपियाँ ९४ पैसा रहेको छ ।

Advertisement

Advertisement