सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङ सम्मानित

Advertisement

काठमाडौं । अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालि छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सुचिकृत रोजगारदाताहरु मध्ये आव २०७९/८० मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी उत्कृष्ट हुन सफल भएको हो । 

Advertisement

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । 

सिप्रदी अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा अगाडि बढिरहेको कम्पनी हो । साथै एक्साइड ब्याट्रिज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायतको पनि वितरक हो ।
 

Advertisement

Advertisement