युद्धविराम पछि पनि गाजामा आपूर्ति संकट जारी

Advertisement

काठमाडौं । इजरायल र हमासबीच गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा शुक्रवारबाट शुरु भएको चार दिने मानवीय युद्धविराममा पुगेका छन् । 

युद्धविराम सम्झौताको आधारमा, हमासले इजरायलमा राखिएका केही प्यालेस्टिनी बन्दीहरूको बदलामा केही बन्धकहरूलाई मुक्त गर्नेछ । इजरायलले खाना, इन्धन र खाना पकाउने ग्यासले भरिएका थप सहायता ट्रकहरूलाई युद्धग्रस्त एन्क्लेभमा प्रवेश गर्न अनुमति दिनेछ । 

Advertisement

शुक्रवारदेखि खाद्यान्न, चिकित्सा उपकरण र पानीका साथै इन्धन र खाना पकाउने ग्यासलगायत मानवीय सहायताले भरिएका ५ सय भन्दा बढी ट्रकहरू रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका छन् । गाजावासीहरू खाना र इन्धन जस्ता आवश्यकताहरूको लागि लाइनमा देखिन्छन् ।  

अर्का एक गाजा निवासीले ग्यासका लागि दुई दिनदेखि उभिरहेको बताए । उनले आफू बाच्न चाहेकाले आवश्यकता परिपूर्ति गर्नुपर्ने बताए । सिन्ह्वा–नान

Advertisement

Advertisement