नेपाल ल्युब आयलद्वारा रत्ननगरमा एक लाख १५ हजारको छात्रवृत्ति प्रदान

Advertisement

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।  

रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागी आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको रु.एक लाख पन्ध्र हजार तीन सय रुपियाँ बराबरको चेक हस्तानान्न्तरण गरिएको हो । 

Advertisement

रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । बिसि अटोवर्कशप नाममा आफ्नै  वर्कशप संचालन गरेका दिवंगत विक्रम एक कर्मठ र दक्ष अटो मेकानिक रुपमा परिचित थिए ।  

रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल ल्युबका मार्केटिङ मेनेजर पुर्णिमा गौतम, चितवनका लागी नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारी लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तानान्तरण गरेका हुन् ।  

कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराई भने, ‘हामीले सधैं नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरुको क्षमता विकासमा ध्यान केन्द्रित गरेका छौं । त्यसैले हाम्रा अटो मेकानिक र उहाँहरुका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो र यो जिम्मेवारी  हामीले भविष्यमा पनि निर्वाह गर्नेछांै ।’ 
 
मजदुरहरुलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने कार्यक्रम गर्नु भन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्दा  समस्त परिवारको नै दिगो रुपमा विकाश हुन्छ भन्ने विश्वास नेपाल अटो मेकानिकल एसोसियसनका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपाने व्यक्त गरे । 
 

Advertisement

Advertisement