टाटा मोटर्सको म्याक्सचेञ्ज मेला शुक्रबारदेखि, बोनस र उपहारहरु पाइने

Advertisement

काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ । 

ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला मंसिर १५ गतेदेखि मंसिर १७ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथली र सल्लाघारी भक्तपुरमा आयोजना गर्न लागिएको हो । 

Advertisement

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन ।  

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ । 


 

Advertisement

Advertisement