ईयूले नेपाललाई कालो सुचीबाट हटाउन फेरि अस्वीकार गर्योः प्राधिकरण

Advertisement

काठमाडौं । युरोपियन युनियन (ईयू)ले नेपाललाई कालोसुचीबाट हटाउन पुनः अस्वीकार गरेको छ । बिहीबार नेपाल उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरी ईयू सेफ्टी कमिटिले नेपाल एयरलाइन्स र श्रीएयरलाइन्सको कमजोरीलाई देखाउँदै सुरक्षा सुचीबाट हटाउने अवस्था नरहेको बताएको हो । 

कमिटिले हवाई सुरक्षा अडिट प्रतिवेदन आफूहरुलाई पठाएको बताउँदै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उसले अझै पनि नेपालाई सुरक्षा सुचीबाट हटाउन नमानेको बताए । नेपाललाई कालोसुचीबाट हटाउन पर्यटन मन्त्रालयदेखि प्राधिकरणसम्मले प्रयास गर्दै आएका थिए । 

Advertisement

अधिकारीले ईयूको प्राविधिक टोलीले भदौ अन्तिममा एक साता लगाएर नेपालको हवाइ अडिट गरेको स्मरण गर्दै अडिटपछि नोभेम्बर १४–१६ सम्म ब्रसेल्समा छलफलमा गरेर प्रतिवेदन तयार पारेको, उड्डयन सुरक्षाका लागि प्राधिकरणले गरेको कामको प्रसंशा गरेर पनि कालोसुचीबाट भने नहटाएको बताए । ईयूले नेपाललाई कालोसुचीमा राख्दा नेपालका वायुसेवा कम्पनीहरु युरोपका उडान गर्न पाएका छैनन् । 

undefined

 

Advertisement