सिप्रदीले गर्यो टाटा गाडीका मेकानिक्स तथा पार्टस बितरकहरुको भेला

Advertisement

काठमाडौं । सिप्रदी अटोपार्टस प्रालिले मंगलबार धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ । 

टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने प्रमुख उद्देश्यले भेला आयोजना गरिएको हो । 

Advertisement

कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाईदाहरुको बारेमा प्रकाश पारे । उक्त कार्यक्रममा करिब ५० जनाको उपस्थिती थियो ।
 
सिप्रदी अटोपार्टसका क्षेत्रीय प्रबन्धक डम्बर चन्दका अनुसार कार्यक्रममा उत्कृष्ठ काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहारसहित सम्मान गरिएको थियो ।
 

Advertisement

Advertisement