एकै महिनामा ६ हजार ९१ जनाले त्यागे बीमा पोलिसी, ७९ करोड ४९ लाखको ‘सरेण्डर’

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुमा बीमितिहरुले त्याग गरेको बीमालेख त्यागेका (सरेण्डर) को तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार गत महिनामा मात्रै ७९ करोड ४९ लाख रुपियाँ बराबरको सरेण्डर भएको हो ।

गत असोज महिनामा एक अर्ब १८ करोड रुपियाँ बराबरको सरेण्डर भएको थियो । यसरी हेर्दा अघिल्लो महिनाभन्दा गत महिना बीमा सरेण्डर ३८ करोड रुपियाँले घटेको देखिन्छ । 

Advertisement

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको ४ करोड ६० लाख, नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ३३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड ४३ लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । 

त्यस्तै, एलआईसी नेपालको १७ करोड ४५ लाख, मेट लाइफको १ करोड ३७ लाख, एशियन लाइफको १२ करोड १९ लाख, आइएमई लाइफको ४८ लाख, सन नेपाल लाइफको ६० लाख, रिलायबल नेपाल लाइफको ४० लाख रुपियाँ बराबरको सरेण्डर भएको छ । 

प्राधिकरणका अनुसार सिटिजन लाइफको ८३ लाख रुपियाँ, सुर्यज्योति लाइफको २ करोड ८४ लाख, सानीमा रिलायन्स लाइफको ९७ लाख, हिमालयन लाइफ लाइफले ४ करोड २६ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६८ लाख रुपियाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

कूल सरेण्डर गर्ने बीमितहरुको संख्या भने ६ हजार ९१ जना  छ । 

हाल बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले सरेण्डरको अवधि तीन वर्ष कायम गरिएकोमा त्यसलाई बढाएर पाँच वर्षसम्म पुर्याउन अध्ययन गरिरहेको अवस्था छ । सरेण्डर अवधि बढ्दा सरेण्डर गर्ने बीमित तथा सरेण्डरकै संख्या घट्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ । 

कात्तिक महिनामा कुन कम्पनीको सरेण्डर कति ?

undefined

Advertisement