टाटा मोटर्सले ल्यायो स्वावलम्बी अभियान २.०, के छ विशेषता ?

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ । 

यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् र देशमै रही आफ्नो साथीभाई र परिवारको साथ रोजगारी–व्यवसायको अवसर सिर्जना गर्न सक्नेछन् र स्वाभिनी भइ जीवन निर्वाह गर्न सक्नेछन् । 

Advertisement

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिह्कल विजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमनि ढकालकाले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केहि गर्न चाहने युवाहरुका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास लिएका छन् । यो योजना सार्वजनिक भएको केहि दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहकको संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनी बताउँछन् । 

सिप्रदीले यस्तो योजना पहिलो पटक भने ल्याएको होइन । यसअघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान संचालन गरेको थियो । 

बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भिह्कल विजनेस यूनिटका सहायक जीएम दिवस बाबु सुवेदी बताउँछन् । 
 

Advertisement

Advertisement