काठमाडौंका खोलाहरु अतिक्रमणको समस्या पनि समाधान गरिने

साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन गर्ने बालेन शाहको प्रतिवद्धता

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 

शुक्रबार २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका र सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुने शाहको प्रतिवद्धता छ । 

Advertisement

उनले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । शाहले भने, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । तीमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’

मेयर शाहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि सरकारसँग आग्रह गरे । काठमाडौंभित्र नदी र खोला छेउका हजारौं रोपनी सरकारी जग्गा अहिले निजी व्यक्तिले अतिक्रमण गरे पनि यसलाई रोक्ने, यसको छानविन गरी दोषीहरुलाई कारवाही गर्ने काम अहिलेसम्म हुन सकेको छैन् । 

Advertisement